Comments Add Comment

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपाल दलबीच एकीकरण

३१ साउन, काठमाडौं । राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ ।

एकतासँगै नयाँ पार्टीको नाम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल राखिएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै दुई पार्टीबीच एकता घोषणा गरिएको पार्टीका अधिदलपति (अध्यक्ष) डा.जयवन्त बिक्रम शाहले जानकारी दिए ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालको स्थापना दिवसको अवसर पारेर पार्टि एकता घोषणा गरिएको हो । नयाँ पार्टीको कार्यकारी सभापतिमा रामप्रसाद न्यौपानेले चयन भएका छन् । पार्टी स्थापनको ऐतिहासिक दिनको अवसर पारेर एकता घोषणा गरिएको हो अधिदलपति शाहले बताए ।

एकता घोषणा कार्यक्रममा बोल्दै उनले राष्ट्रिय मुक्ति आन्दोलन दलले नेपाल र नेपालीको मुक्तीका लागि काम गर्ने बताए । पार्टीले एमसीसीको विरुद्धमा सशक्त रूपमा आवाज उठाउने बताउँदै शाहले नेपालवाद, नेपाली तन्त्र र नेपाली राष्ट्रवादलाई स्थापित र विकार गरेर नयाँ नेपाल निर्माण गर्ने घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment