Comments Add Comment

केटीएम सिटीको ‘एन्फा शोरुम’ सञ्चालनमा

३१ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टिमको खेल सामग्री प्रायोजक केटीएम सिटीले ‘एन्फा शोरुम’ सञ्चालनमा ल्याएको छ । शेर्पा आउटडोरको केटीएम सिटीले दरबारमार्गमा रहेको केटीएम सिटीको दोस्रो तल्लामा एन्फा शोरुम सञ्चालनमा ल्याएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंहले आइतबार शोरुमको उद्घाटन गरे । शोरुममा राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी लगायत विभिन्न खेल सामग्री प्राप्त गर्न सकिनेछ ।

यस वर्षदेखि राष्ट्रिय फुटबल टिमलाई शेर्पा आउटडोरको केटीएम सिटीले खेल सामग्री प्रायोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment