Comments Add Comment

एसिडपीडित आरती साहलाई प्रदेश सरकारले ५ लाख दिने

३१ साउन, जनकपुरधाम । आफ्नै श्रीमानबाट एसिड आक्रमणमा परेकी आरती साहलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

गत शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले एसिडपीडित साहलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका–४ मा कोठा भाडामा लिएर बस्दै आएकी २१ बर्षीया आरतीलाई उनकै पति २४ बर्षीय सञ्जीवले २०७७ कात्तिक २९ गते एसिड प्रहार गरेका थिए । एसिडले उनको शरीरको झण्डै आधा भाग जलेको छ भने एउटा आँखाले देख्न समस्या भएको छ ।

आर्थिक अभावकै कारण हालसम्म आफ्नो उपचार हुन नसकेको आरतीले गुनासो गर्दै आएकी थिइन् । मुख्यमन्त्री लालबाबु राउतले उपचारमा सहयोग गर्ने र जागिर दिने आश्वासन दिँदै आएपनि आफूलाई कुनै सहयोग नगरेको उनले गुनासो गर्दै आएकी थिइन् ।

हालसम्म उपचारका निम्ति जनकपुरधामका मेयर लालकिशोर साह र काठमाडौंकी एक महिलाले ५० हजार रुपैयाँका दरले बाहेक कसैले कुनै सहयोग नगरेको आरतीले बताउँदै आएकी छन् ।

आरतीमाथि एसिड आक्रमण गर्ने उनका श्रीमानलाई धनुषा जिल्ला अदालतले दोषी ठहर गरेको छ भने बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको छ । बेच्नेलाई सफाइ दिएपछि आरती जिल्ला अदालतमै गएर यसको विरोध गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment