Comments Add Comment

गाँजासहित लहानबाट एकजना पक्राउ

३२ साउन, जनकपुरधाम । सिरहाको लहान नगरपालिकाबाट लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लहान नगरपालिका १७ गोबिन्दपुर बस्ने ४० बर्षीय बागेश्वर चौधरी छन् ।

चौधरीको घरमा सोमबार दिउँसो खानतलासी गर्दा १० किलो गाँजा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

गाँजासहित चौधरीलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment