+
+

सबभन्दा धेरै कमाउने १० फुटबलर

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १७:५५

१६ भदौ, काठमाडौं । फुटबलरहरुको चर्चा उनीहरुको खेल्ने शैली, उनीहरुले गरेको गोल, आदि कारणले हुन्छ । तर यहाँ फुटबल खेलाडीको आम्दानीबारे चर्चा गरिएको छ ।

फुटबलका स्टार खेलाडीहरुले कति आम्दानी गर्छन् त ? यहाँ सबैभन्दा धेरै आम्दानी गर्ने १० खेलाडीको नाम उल्लेख गरिएको छ । यद्यपि यहाँ उल्लेख गरिएको खेलाडीको आम्दानी कर तिर्नुभन्दा अगाडिको रकम हो भने उनीहरुले पाउने एक्स्ट्रा फि, बोनस लगायतका रकम पनि यसमा समावेश छैन ।

त्यस्तै बेसिक आम्दानी सबभन्दा धेरै हुने खेलाडीले सबैभन्दा धेरै कमाउँछन् भन्ने हुँदैन । किनकि खेलाडीले धेरै रकम स्पोन्सरसिप र इन्डोर्समेन्ट सम्झौताबाट कमाउँछन्, जुन यहाँ उल्लेख छैन ।

१. लिओनल मेस्सी (पीएसजी-प्रतिसाता १३ लाख २५ हजार डलर)

हालै मात्र बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका स्टार फुटबलर लिओनल मेस्सी विश्वकै उत्कृष्ट फुटबल खेलाडीमध्ये एक हुन् । त्यसैले उनको बेसिक आम्दानी सबैभन्दा धेरै हुनु नौलो कुरा नहुन सक्छ । उनी प्रतिसाता १० लाख डलरभन्दा धेरै आम्दानी गर्ने एक मात्र फुटबल खेलाडी हुन् । उनको बोनस र स्पोन्सरसिपको पैसा जोड्दा आम्दानी अझै धेरै हुन जान्छ ।

२. नेयमार (पीएसजी-प्रतिसाता ८ लाख ३६ डलर)

पीएसजीका ब्राजिलियन स्ट्राइकर नेयमार सबभन्दा धेरै आम्दानी गर्ने खेलाडीको दोस्रो स्थानमा छन् । उनको बेसिक आम्दानी प्रतिसाता ८ लाख ३६ हजार डलर छ ।

३. लुइस स्वारेज (एथ्लेटिको मड्रिड- प्रतिसाता ७ लाख ९३ हजार डलर)

एथ्लेटिको मड्रिडका स्ट्राइकर लुइस स्वारेज सबभन्दा धेरै बेसिक आम्दानी गर्ने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् ।

पछिल्लो समय उनले निकै राम्रो प्रदर्शन पनि गरिरहेका छन् । उनकै प्रदर्शनको सहयोगमा एथ्लेटिको मड्रिडले यस वर्षको ला लिगा सान्टाडेरको उपाधि जितेको छ ।

४. एन्टोनी ग्रिजम्यान (बार्सिलोना-प्रतिसाता ७ लाख ९३ हजार डलर)

उनी एथ्लेटिको मड्रिड फर्किएका छन् । त्यसअघि मेस्सीले छाडेसँगै सबभन्दा धेरै बेसिक आम्दानी भएका १० खेलाडीको सूचीमा नी ग्रिजम्यान बार्सिलोनाका एक मात्र प्रतिनिधि थिए । उनको मोटो रकमको तलब बार्सिलोनाका लागि समस्या बनेको थियो ।

५. गेरेथ बेल (रियल मड्रिड-प्रतिसाता ६ लाख ९० हजार डलर)

पछिल्लो समय लोकप्रियता गुमाए पनि गेरेथ बेल अझै पनि धेरै कमाउने फुटबल खेलाडीको सूचीमा छन् ।

६. केलियन एम्बाप्पे (पीएसजी-प्रतिसाता ५ लाख ६६ हजार डलर)

एम्बाप्पे पीएसजीका प्रमुख तीन स्टारमध्ये सबभन्दा कम आम्दानी गर्ने खेलाडी हुन् । यद्यपि उनी अझै पनि सबभन्दा बढी आम्दानी गर्ने १० फुटबल खेलाडीको सूचीमा छन् ।

७. क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड-प्रतिसाता ५ लाख ३१ हजार डलर)

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो हालै मात्र युभेन्टसबाट म्यानचेस्टर युनाइटेड गएका हुन् । यो ट्रान्सफरसँगै बेसिक आम्दानीको हिसाबमा भने उनी अन्य खेलाडीभन्दा पछाडि परेका छन् । रोनाल्डोको आम्दानी म्यानचेस्टर युनाइटेडको तुलनामा युभेन्टसमा दोब्बरभन्दा धेरै थियो । यद्यपि उनी प्रिमियर लिगमा भने सबैभन्दा धेरै आम्दानी खेलाडीको रुपमा नै छन् ।

उनले स्पोन्सरसिप तथा अन्य आम्दानीबाट मात्र एक वर्षमा ४७ करोड डलर आम्दानी गर्छन् ।

८. केभिन डी ब्रुयेन (म्यानचेस्टर सिटी-५ लाख ३१ हजार डलर)

नयाँ सम्झौतासँगै बेल्जियमका मिडफिल्डर पनि प्रिमियर लिगमा सबभन्दा धेरै बेसिक आम्दानी भएको खेलाडी बन्न सफल भएका छन् । उनको प्रतिसाताको आम्दानी क्रिस्टियानो रोनाल्डोको जत्तिकै छ । म्यानचेस्टर सिटीको लागि यी खेलाडीले पनि निकै महत्वपूर्ण योगदान दिएका छन् ।

९. डेभिड डे गिया (म्यानचेस्टर युनाइटेड- प्रतिसाता ५ लाख १७ हजार डलर)

सबभन्दा धेरै बेसिक आम्दानी गर्ने उत्कृष्ट १० खेलाडीमा पर्ने गिया एक मात्र स्पेनिस खेलाडी हुन् ।

उनी सबैभन्दा धेरै आम्दानी गर्ने गोलकिपर पनि हुन् । एक दशकअघि एथ्लेटिको मड्रिडबाट म्यानचेस्टर युनाइटेड उनी क्लबको पहिलो रोजाइमा पर्दै आएका छन् ।

MANCHESTER, ENGLAND – AUGUST 07: David De Gea of Manchester United during the Pre Season Friendly fixture between Manchester United and Everton at Old Trafford on August 7, 2021 in Manchester, England. (Photo by Robbie Jay Barratt – AMA/Getty Images)

१०. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख- प्रतिसाता ४ लाख ८३ हजार डलर)

यो सूचीमा बुन्डेसलिगाबाट प्रतिनिधित्व गर्ने लेवान्डोस्की एक मात्र खेलाडी हुन् । उनी २०२० मा फिताको पुरुष वर्ष खेलाडी बन्न सफल भएका थिए । उनले क्लबको लागि राम्रो प्रदर्शन गर्दै आएका छन् भने महत्वपूर्ण उपाधि पनि जिताएका छन् ।

 

मार्काबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?