+
+

सुनसरीको चिमडीमा लक्ष्मी बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १९:०५

काठमाडौं । लक्ष्मी बैंकले सुनसरीको बर्जु गाउँपालिका-६ स्थित चिमडीमा १३५औं शाखा विस्तार गरेको छ ।

नयाँ शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

योसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३५ शाखा विस्तार भएको छ भने ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर पुगेको छ । यस्तै १६५ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?