+
+

नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि सरकारले दियो अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १९:०१
फाइल तस्वीर

१६ भदौ, काठमाडौं । सरकारले नेपालमा दक्षिण कोरियाली कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यो कोरियाली कम्पनी एसके बायोसाइन्सले बेलायतको औषधि कम्पनी जीएसकेसँग मिलेर विकास गरेको खोप हो । यो खोपको तेस्रो चरणको ट्रायल चलिरहेको छ, जसमा एस्ट्राजेनेकाको खोपसँग यसको तुलनात्मक अध्ययन हुनेछ ।

नेपालमा पनि चार हजार जनामा यो खोपको ट्रायल हुनेछ । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज र धुलिखेल अस्पतालमा ट्रायल गरिने अनुसन्धान परिषद्की अनुसन्धान अधिकृत नमिता घिमिरेले अनलाइनखबरलाई जानकारी दिइन् । आवश्यक डकुमेन्टसहित प्राविधिक तयारी गर्दा सेप्टेम्बर दोस्रो सातादेखि खोप ट्रायल कार्यक्रम अघि बढ्न सक्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?