+
+

‘सन्तोष पन्त–विक्की’ विवादमा दीपक–दीपा भन्छन्–‘यसलाई तन्काउने काम नगरौं’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १९:२०

गत शनिबार प्रशारण भएको ‘कमेडी च्याम्पियन २’मा प्रतिस्पर्धी विक्की अग्रवालले ‘पेन्टोमाइम’ अभिनय गरे । नबोली गरिने यो अभिनयले सामाजिक संजालमा खुबै प्रशंसा पायो । तर, यो शोका निर्णायक मध्येका एक सन्तोष पन्तले भने विक्कीले नयाँ गरेपनि दर्शक नहाँसेको भन्दै माटो र देश सुहाउँदो प्रस्तुति पस्कन आवश्यक रहेको भन्दै टिप्पणी गरे ।

यो बिषयले निक्कै ठूलो विवाद खडा गर्यो । धेरैले विक्कीको प्रस्तुति निर्णायकको कुर्सीमा बसेर पनि सन्तोष पन्तले नवुझेको भन्दै आलोचना गरे । कतिपयले भने सन्तोषको बचाउ समेत गरे ।

‘कमेडी च्याम्पियन’को नयाँ भागमा अतिथी बनेर पुगेका निर्माता, निर्देशक तथा कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौलाले यो बिषयलाई तन्काउन नहुने प्रतिक्रिया दिएका छन् । दीपकले भने–‘एउटा निर्णायकको भूमिका सधै नै चुनौतीपूर्ण हुन्छ । त्यो न्यायलयको होस् या रियालिटी शोको नै किन नहोस् । निर्णायकको भनाईले आयोजक र आम जनताको प्रतिनिधित्व गर्न सक्दैन । यो नितान्त उहाँको व्यक्तिगत धारणा हो ।’

दीपकले अगाडि भने–‘सन्तोष पन्त मेरो त पेशाको हिसाबले बुबा हुनुहुन्छ । उहाँमाथि म केही पनि टिप्पणी गर्न नै सक्दिनँ । अहिलेको जमानाको बिषयमा मेरो बुबाको भन्दा केही बढी शब्द मलाई थाहा होला । तर, म बुबा भन्दा महान् होइन । बुबालाई पनि सम्मान गरौं । बुबाले पनि छोराछोरीलाई कामै नलाग्ने होस् भनेर नभनौं । अहिलेको पुस्ता निक्कै तेजिलो छ । यसलाई पनि सम्मान गरौं । यो कुरालाई विवादमा नतानौं ।’


दीपकले गल्ती मानिसबाट नै हुने भन्दै गल्तीबाट मानिसले नै सिक्न आवश्यक रहेको समेत बताए । यसलाई तन्काएर, अपशब्द प्रयोग गरेर केही पनि अर्थ नहुने दीपकको भनाई थियो ।

यस्तै, दीपाश्रीले यो बिषयमा भनिन्–‘सन्तोष पन्तको टिप्पणीले हाँस्य ब्यङ्ग्य क्षेत्रको नै अपमान भयो भन्नु गलत हो । यस्तो कुरा ल्याउनुमा हाम्रो आफ्नै दोष छ । यो कार्यक्रमको स्वरुप पनि हुनसक्छ । कोही मानिस पनि नराम्रो हुँदैन । समय नराम्रो हुन सक्छ । कस्तो समयमा यो कुरा प्रयोग भयो भन्ने पनि हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?