+
+

लुम्बिनीमा जसपाको समानुपातिक प्रदेशसभा सदस्यमा निर्मला मुड्भरी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते २०:२२

१६ भदौ, बुटवल । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को रिक्त लुम्बिनी प्रदेशसभा सदस्यमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराईलाई निर्वाचित गरेको छ । पार्टीले कारबाही गरेपछि पदमुक्त भएकी प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्सालको रिक्त स्थानमा समानुपातिक मधेशी समावेशी समूहबाट निर्मलालाई निर्वाचित गरेको आयोगले जनाएको छ  ।

साउन ३२ गते जसपा केन्द्रीय कार्यकारिणी बैठकको निर्णयअनुसार बन्दसूची उम्मेदवारमध्येबाट मुडभरीलाई आयोगको भदौ १० गतेको बैठकले रिक्त पदमा निर्वाचित गरेको पत्रमा उल्लेख गरेको छ ।

पार्टीको निर्णय विपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै जसपाले कल्पना पाण्डेसहित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादवलाई कारबाही गर्दै प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो । पाण्डेय र यादव भने प्रत्यक्ष निर्वाचित हुन् ।

मुडभरी निर्वाचित भएसँगै लुम्बिनीमा जसपाका सांसद ४ जना पुगेका छन् । योसँगै लुम्बिनीमा अब प्रदेशसभा सदस्यको संख्या ८१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?