+
+

पूर्वप्रधान सेनापतिहरुलाई दिल्लीको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते २०:५४
नेपाली सेनाको मुख्यालयको तस्वीर ।

१६ भदौ, काठमाडौं । नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरुलई भारतले आमन्त्रण गरेको छ । नयाँदिल्लीमा आयोजना हुने चिफ कन्क्लेभ सेमिनारमा भाग लिन भारतीय सेनाले पूर्वप्रधान सेनापतिहरुलाई बोलाएको हो ।

जंगीअड्डा स्रोतका अनुसार पूर्वप्रधान सेनापतिहरुलाई १७ र १८ सेप्टेम्बरमा हुने भारतीय सेनाको कार्यक्रममा सहभागी हुन निम्तो आएको थियो ।

हालै अवकाश पाउँदै गरेका प्रधान सेनापति पूर्णचन्द्र थापालाई निम्तो गरिए पनि उनी सहभागी नहुने स्रोतले बतायो । धर्मपालवरसिंह थापा, प्यारजंग थापा, रुक्मांगद कटवाल, गौरवशमशेर राणा लगायत  भारत जाने बुझिएको छ ।

जंगीअड्डा स्रोतले भारतीय सेनाले नियमित रुपमा गर्ने कार्यक्रमका लागि पूर्वप्रधान सेनापतिहरुलाई बाेलाएको बताएको छ । ‘यस्ता कार्यक्रम विगतमा पनि हुने गरेका थिए’ स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?