+
+

अनलाइन बजार दराजले शुरु गर्‍यो “दराज लाइभ”

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १३:४४

१७ भदौ, काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले दक्षिण एसियाको पहिलो सपिङयोग्य लाइभ स्ट्रिम “दराज लाइभ” शुरु गरेको छ । दराजले भदौ १६ गतेदेखि यो लाइभ स्ट्रिम शुरु गरेको हो ।

दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको “शपरटेनमेन्ट“ रणनीतिको एक भागको रूपमा पेश गरिएको कम्पनीले जनाएको छ ।

यसमार्फत ग्राहकहरुको लागि पारस्परिक, वास्तविक अनुभव दिलाउनका लागि खुद्रा बिक्री र मनोरञ्जनको समिश्रणमा ध्यान केन्द्रित हुने र यसले ग्राहकहरु घरै बसी ब्रान्ड, उत्पादनहरुको विस्तृत जानकारी पाउन सक्ने कम्पनीको भनाइ छ ।

दराज लाइभ स्ट्रिम दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबारदेखि शुक्रबारसम्म दिनमा तीन फरक समयावधिमा आयोजना हुनेछ । ग्राहकहरुले दिनको १२, ४ र ६ बजे दराज एप मार्फत लाइभ हेर्न पाउनेछन् ।

दराज लाइभ सामाजिक मिडिया लाइभ स्ट्रिममा हुने प्रत्यक्ष प्रसारण भन्दा अलि फरक र पृथक हुने र ग्राहकहरुको लागि एक धेरै सहज र अन्तरक्रियात्मक “सी नाउ बाई नाउ” को अवधारणा पेश गर्ने कम्पनीले बताएको छ । दराज लाइभ मार्फत ग्राहकहरुले किनमेलको साथसाथै सामानहरूको विस्तृत जानकारी र मनोरञ्जनात्मक कार्यक्रमको अनुभव प्राप्त गर्नेछन् ।

दराज लाइभको प्रत्यक्ष प्रसारणको प्रत्येक संस्करणमा ग्राहकहरुलाई ब्रान्डको बारेमा प्रचुर जानकारी संकलन गर्नका लागि अवसर प्राप्त हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार ग्राहक र बिक्रेताले रियल टाइम कुराकानीमा संलग्न हुने सुनौलो अवसर प्रदान गर्नेछ, आकर्षक र मनोरञ्जनात्मक गतिविधिहरूको मेजबानी गर्दछ र ग्राहकहरुलाई प्रचुरमात्रामा रोमाञ्चक उपहार र पुरस्कार जित्ने मौका पनि प्रदान गर्नेछ ।

विशेष सौदा, थुप्रै उत्पादनहरुको प्रदर्शन, क्यू एण्ड ए, फ्ल्याश सेल्स, अन्बक्सिङ्ग, गिवअवेदेखि भाउचर जित्ने मौका जस्तै अरु थुप्रै मौकाहरु ग्राहकहरुले दराज लाइभ मार्फत मज्जा लिन सक्नेछन्।

दराज लाइभले ई–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुर्‍याउन ठूलो भूमिका खेल्ने दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले बताएका छन् ।

एन्ड्रोइड स्मार्टफोन ग्राहकलाई लाइभ स्ट्रिममा सामेल हुनको लागी नवीनतम संस्करणमा आफ्नो दराज एप अपडेट गर्न कम्पनीले अनुरोध गरेको छ । आई ओ यस प्रयोगकर्ताहरुको लागि एप अपडेट ६ सेप्टेम्बरमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?