+
+

टीभीएसले ल्यायो चाडपर्व लक्षित “टीभीएस ६ प्राइजको सरप्राइज” योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १४:१६

काठमाडौं । टीभीएसले नेपालीहरुको महान चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गरी आकर्षक “टीभीएस ६ प्राइजको सरप्राइज” योजना ल्याएको छ। ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । यस योजना यही १६ भदौदेखि शुरु भएको छ । मुलुकभरका सम्पूर्ण टीभीएस सोरुमहरुमा उपलब्ध हुने यो योजना चाडपर्व सकिएसँगै समाप्त हुनेछ।

चाडपर्वको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म प्राइजको सरप्राइज प्रदान गर्ने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी  tvsnepal.com/dashain मा गएर रु.१ लाखसम्म जित्न सक्ने र सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्ने कम्पनीको दावी छ । यति मात्रै नभएर दैनिक रियलमी सी २० स्मार्ट फोन पनि ग्राहकको लागि उपहार स्वरुप, यस योजना अन्तर्गत राखिएको कम्पनीको भनाइ छ ।

यसैगरी यस योजनाले ग्राहकलाई हरेक हप्ता शत प्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ । जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस अपाची आरआर३१० पाउने सुवर्ण अवसर समेत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनाको मुख्य सरप्राइज चाहिँ यसको बम्पर प्राइज नै रहेको छ । जहाँ ग्राहकले योजनाको अन्त्यमा टीभीएसको सवारीसँगै प्रोटोन सागा कार घर लैजाने छन् । साथै इन्क्वाइरीमार्फत रियलमी स्मार्ट फोन र अपाची आरआर३१० जित्ने मौका पनि पाउनेछन् ।

योजना अवधिभर १० लाखसम्मको नगद, शत प्रतिशत क्यास ब्याक, टीभीएस अपाची आरआर३१० र प्रोटोन सागा कारका बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक शुक्रबार साँझ ६:४५ बजे हिमालयन टिभीबाट प्रशारण गरिने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?