+
+

प्रशासनको आदेश विपरीत पाल्पामा सेनाको भगवती जात्रा

सेना भन्छ- कोभिड प्रोटोकल पालना गरेका छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १७:०६

१७ भदौ, पाल्पा । जिल्ला प्रशासन कार्यालय, पाल्पाले कोरोना भाइरस महामारीलाई कारण देखाउँदै सभा, सम्मेलन र जात्रा महोत्सव नगर्न आदेश जारी गरेको छ । तर नेपाली सेनाले प्रमुख जिल्ला अधिकारीको आदेश विपरीत २०३औं भगवती जात्रा आयोजना गरेको छ ।

तानसेन नगरपालिका–४ दरबार परिसरमा श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरको २०३औं भगवती जात्राको अवसरमा पाल्पाको गोरखदल गणले पूजा गरेर विधिवत् रुपमा जात्रा सम्पन्न गरेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

जात्रामा नेपाली सेना, नेपाल प्रहरी, एनसीसीको अल्मुनाइ एसोसिएसन लगायतका प्रतिनिधिहरु उपस्थित थिए । सेनाले जात्रा गर्दा कोभिड–१९ को प्रोटोकल पूर्ण रुपमा पालना गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?