+
+

राखेपको भौतिक पूर्वाधार व्यवस्थापनसम्बन्धी कार्यदलले बुझायो प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १७:४९

१७ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत देशव्यापी रहेका भौतिक पूर्वाधार र जग्गाको अध्ययन गरी विवरण संकलन गर्न गठित भौतिक पूर्वाधार व्यवस्थापन सम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएको छ ।

राखेपकी सदस्य एवं कार्यदलकी संयोजक सुवर्णकेशरी श्रेष्ठले राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई बिहीबार प्रतिवेदन हस्तान्तरण गरिन् ।

गत चैत २३ गते राखेपले श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका हिमालराज दाहाल, युवा तथा खेलकुद मन्त्रालयकी रेखा सिग्देल, भौतिक पूर्वाधार तथा निर्माण शाखाका राजु श्रेष्ठ, सामान्य प्रशासन शाखाकी शारदा दाहाल र आर्थिक प्रशासन शाखाका टंकराज कट्टेल रहेका छन् । सचिवमा प्रशासन विभागका भोजानन्द राई छन् ।

संयोजक श्रेष्ठले राखेप मातहतका सम्पत्तिको उचित संरक्षण र सम्बद्र्धन गर्न सके वार्षिक कम्तीमा १० करोड रुपैयाँ आम्दानी गर्न सकिने निस्कर्षसहितको प्रतिवेदन बुझाएको जानकारी गराउँदै प्रतिवेदन कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताइन् । उनले कतिपय स्थानमा कार्यदलले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको बताउँदै कोरोना भाइरस संक्रमणको जोखिमलाई रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाका कारण विवरण संकलन गर्न ढिला भएको जानकारी गराइन् ।

सदस्य–सचिव सिलवालले परिषद् मातहतका सम्पत्तिको यथार्थ अवस्था बुझ्न प्रतिवेदनले ठूलो मद्दत पुग्ने भन्दै प्रतिवेदन पूर्ण रुपमा अध्ययन गरी कार्यन्वयनमा लैजाने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?