+
+

चितवन टाइगर्सलाई ‘प्रभु पे’को प्रायोजन 

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १८:५६

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा टीम चितवन टाइगर्सलाई ‘प्रभु पे’ ले प्रायोजन गरेको छ । चितवन टाइगर्सले बुधबार मुख्य प्रायोजकको रुपमा प्रभु पेसँग सम्झौता गरेको हो ।

चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । ईपीएल आगामी असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रभु पे मोबाइलबाट भुक्तानी गर्नका लागि इलेक्ट्रोनिक्स वालेटको रुपमा रहेको छ । यो विभिन्न सामान खरिद भुक्तानी गर्दा उपयोगी हुदैं आएको छ ।

यस्तै चितवन टाइगर्सको माउ संस्था आईडीएस ग्रुप र सिल्क ग्रुपले बुधबार नै संयुक्त रुपमा आईडीएस सिल्क स्पोर्टस प्राइभेट लिमिटेडको सुरुवात गरेको छ ।

आईडीएसका प्रमुख किशोर भट्टराई, सिल्क ग्रुपका प्रमुख रमेश शेर्पा र प्रभु म्यानेजमेन्टका कुसुम लामाले आईडीएस सिल्क स्पोर्टस प्रालिको सुरुवातका लागि संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?