+
+

दोस्रो कौसी क्विन प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १९:१३

१७ भदौ, काठमाडौं । राष्ट्रव्यापी दोस्रो एनटिएस कौसी क्विन– २०७८ प्रतियोगिता हुने भएको छ । भदौ २२ मा हुने प्रतियोगिताको नारा ‘शहरी दिगोपन : स्थिरता प्रवर्धनका लागि कौसीखेती’ रहेको छ ।

शहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन र कौसी खेती गरिरहेकाहरूलाई उर्जा प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको आयोजक प्रज्ञान क्रिएसन प्रालिले जनाएको छ ।

कौसीमा लगाइएको तरकारी तथा फलफूल खेती गर्नेहरुले प्रतिस्पर्धामा सहभागी हुन पाउने अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । कौसीमा काम गर्दै गरेको फोटो र भिडियो पठाएर सहभागी हुने सम्पूर्णलाई एक हजार रुपैयाँ बराबरको कौसी सामग्रीहरु समेत दिइने उनले बताए ।

प्रतियोगितामा सहभागी हुन सहभागीले कौसीमा रोपिएका तरकारी तथा फूलबारीमा काम गरेको १० वटा फोटो र बढीमा १० मिनेटको भिडियो हलोखबरको इमेल [email protected] मा पठाउनुपर्ने हुन्छ । सहभागिताको लागि कुनै शुल्क पर्ने छैन । फोटो पठाउन २०७८ भदौ २० गतेसम्मको समय तोकिएको छ ।

त्यस्तै भदौ २२ देखि असोज २० गतेसम्म भोटिङको समय हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार बराबरको ग्रिन हाउस पाउनेछ । दोस्रो हुनेले २० हजार, तेस्रोले १५ हजार र चौथोले १० हजार बराबरको कौसी खेतीका सामग्री पाउनेछन् ।

यस इभेन्टमा नेपालस्थित इजरायली राजदूत खनान गोदार, काठमाडौं महानगरपालिकाका कृषि शाखा प्रमुख हरि भण्डारी, कृषि विज्ञ डा. विष्णुप्रसाद चापागाई, गत सालको फूलतर्फकी विजेता डा. नम्रता पाण्डे र कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख कृष्णभद्र अधिकारी निर्णायक मण्डलमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?