+
+

प्रोटोनले ल्यायो चाडपर्व लक्षित ‘दशैँ-दक्षिणा’ योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १३:१३

काठमाडौं । प्रोटोन अटोमोबाइल कम्पनीले चाडपर्वलाई लक्षित गरी ‘दशैँ-दक्षिणा’ योजना ल्याएको छ ।

चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोनले आफ्ना ग्राहकलाई लक्षित गरी ‘दशैँ-दक्षिणा’ योजना ल्याएको जनाएको छ । कम्पनीका अनुसार यो योजना भदौ १७ गतेबाट शुरु भएर चाडपर्वको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहनेछ ।

यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडीको खरिदमा १ दिख २ लाखसम्म मात्र नभएर ६ लाख सम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

जसअन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजारदेखि २ लाखसम्म एक्सचेन्ज बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् ।

यसैगरी पुरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि यस योजनाले रू ५० हजारदेखि २ लाख ५० हजारसम्म छुटको व्यवस्था गरेको छ।

यस प्रोटोन ‘दशैँ-दक्षिणा’ योजना अन्तर्गत ग्राहकले आकर्षक व्याजदर सहितको किस्तावन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन्, जसका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ्ग एण्ड क्रेडिट को ओपरेटिभ लिमिटेडले इन-हाउस फ़ाइनेन्सिङ्गको सुविधा प्रदान गर्दै आइरहेको छ । यी सेवाका अतिरिक्त नयाँ सवारी खरिदमा ग्राहकले बिभिन्न पाठ्पूर्जा तथा चाहिने उपकरणहरु समेत सित्तैमा प्राप्त गर्ने छन्।

चाडपर्वको अवसरमा अफर समायोजन नगरी प्रोटोन सागाको सुरुवाती मूल्य रू ३७ लाख ९९ हजार राखिएको छ भने प्रोटोन एक७० को सुरुवाती मूल्य रू ८६ लाख ९९ हजार तोकिएको छ भने यस योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?