+
+

रोनाल्डोले युनाइटेडमा ७ नम्बर जर्सी लगाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १३:२१

१८ भदौ, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन् । १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले पहिलेजस्तै ७ नम्बर जर्सी लगाउने युनाइटेडले विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि एडिनसन कभानीले ७ नम्बर जर्सी लगाएका थिए । यसै सिजन पनि वल्भ्सविरुद्धको खेलमा कभानीले ७ नम्बर लगाएका थिए ।

रोनाल्डोले ७ नम्बर  लगाउने भएपछि अब कभानीले २१ नम्बर जर्सी लगाउने युनाइटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?