+
+

महोत्तरीमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १८:५०

१८ भदौ, जनकपुरधाम । महोत्तरीमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्‍यु भएको छ ।

२८ वर्षीया महिलाको करेन्ट लागेर र ५५ वर्षीय पुरुषको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

लोहारपट्टी नगरपालिका-७ घर भएकी शोभा यादवको मटिहानी नगरपालिका-२ बर्दाहास्थित माइतीमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानी तान्ने मोटर चलाउन गएको बखत उनलाई शुक्रबार दिउँसो एक्कासी करेन्ट लागेको महोत्तरी प्रहरीले जनाएको छ ।

करेन्ट लागेर सिकिस्त भएकी २८ वर्षीया शोभालाई उपचारका लागि जनकपुरधामतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको सोनमा गाउँपालिका ७ सुन्दरपुरमा एकजनाको डुबेर मृत्यु भएको छ । मृत्यु भएका स्थानीय एक बृद्धाको दाह संस्कार गरी फर्किरहेका ५५ वर्षीय उपेन्द्र बैठाको गाउँकै पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?