+
+

प्रहरीमा एआईजीको सरुवा : पोखरेललाई मानव स्रोत, थापालाई कार्य विभाग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १८:५६

१८ भदौ, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा भएको छ । ओली सरकारको पालामा भएको निर्णयलाई रोकेर गृहमन्त्री बालकृष्ण खाणले एआईजीहरुको अर्को सरुवा गरेका हुन् ।

गृह मन्त्रालयले एक महीनादेखि जिम्मेवारीविहीन एआईजी सह-कुलबहादुर थापालाई कार्य विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।

अपराध अनुसन्धान विभागका विश्वराज पोखरेललाई मानव स्रोत तथा प्रशासन विभागमा पठाइएको छ । मानव स्रोत प्रहरी प्रधान कार्यालयको महत्वपूर्ण विभाग हो ।

पोखरेलले नेतृत्व गरेको अपराध अनुसन्धान विभागको जिम्मा एआईजी प्रद्युम्न काकीृलाई दिएको छ । कार्की रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मानव स्रोतका एआईजी निरजबहादुर शाहीलाई पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए ।

उपत्यका प्रहरी कार्यालयका एआईजी हरिबहादुर पाललाई सरुवा गरिएको छैन । यसअघि ओली सरकारले समय नपुग्दै उनको सरुवा गरेको थियो । त्यसलाई गृहमन्त्री खाणले कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।

हालका महानिरीक्षक शैलेश थापापछि आईजीपी हुने प्रतिष्पर्धामा विश्वराज पोखरेल र सहकुलबहादुर थापा छन् । खाण नेतृत्वको गृह मन्त्रलायले एआईजीको दरबन्दी थप गरेर उनीहरुको ब्याचको अन्य डीआईजीलाई पनि आईजीपीको प्रतिष्पर्धामा ल्याउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?