+
+

आशंका निवारण भएपछि एमसीसी अघि बढ्छ : सहमहामन्त्री डा. महत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १९ गते १९:२३

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले एमसीसीको सम्बन्धमा उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै एमसीसीको प्रक्रिया अघि बढ्ने बताएका हुन् ।

‘कतिपय विषयहरु यो छ कि उ छ कि भन्ने जुन पब्लिकमा उठेका छन् । त्यसबारेमा पनि क्लेरिफिकेसनको लागि सरकारले पहल गरिराखेको छ । त्यो स्पष्ट क्लेरिफिकेसन आएपछि यसले पनि एउटा ल्याण्डिङ गर्छ भन्नेकुरा मलाइ लाग्दछ’ उनले भने ।

सरकारले एमसीसीका विवादित विषयमा प्रष्ट पार्न भन्दै अमेरिकी सरकारलाई पत्र पठाएको छ । महतले अमेरिकी सरकारले प्रष्ट पारेपछि एमसीसीबारेको आशंका निवारण हुने र परियोजना अघि बढ्ने बताए । पब्लिकमा यस्तो पो छ कि उस्तो पो छ कि भन्ने आशंका छ त्यो आशंका अवश्य पनि निवारण हुने काम सम्बन्धित पक्षबाट हुनेछ र प्रक्रिया अगाडि बढ्नेछ भन्ने मलाई लाग्छ’ उनले भने ।

सहमहामन्त्री महतले सत्तारुढ गठबन्धनका दलहरु नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताए । मन्त्रीको नाम पाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?