+
+

भिजनलाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १९ गते २०:२२

१९ भदौ, काठमाडौं । मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् ।

भिजनले ६.०४ अंक जोडे । ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोस्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेस्रो बने ।

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पेयर १५–१७ वर्षमा गोदावरीका श्रृजल श्रेष्ठ र रोशनी सिलवाल (६.५९ अंक) ले स्वर्ण तथा चन्द्रसूर्यका यज्ञ राई र हिमाला अधिकारी (६.११ अंक) ले रजत जिते । नेपाल टाइगरका मन्दीप राई र मनीषा पराजुली तथा चन्द्रसूर्यका अरुण तिवारी र सोनी शेर्पा तेश्रो भए ।

पेयरतर्फ १८–३५ वर्षमा १३ औं सागका कांस्य विजेता जितबहादुर बोट र स्वर्णधारी पार्वती गुरुङ पहिलो बने । नेपाल प्रहरीका उनीहरुले ७.२३ अंक जोडे । ७.१४ अंकसाथ प्रहरीका १३ औं सागकी स्वर्ण विजेता निशा दर्नाल र १३ औं सागका कांस्य विजेता अस्मिन राउत दोस्रो भए । १३ औं सागका स्वर्ण विजेताद्वय नेपाल आर्मीका आयेशा शाक्य र सन्जिवकुमार ओझा तथा आर्मीकै १३ औं सागकी स्वर्णधारी सन्जिला तिमल्सिना र रजत विजेता कृष्णबहादुर तामाङले तेश्रो स्थानमा चित्त बुझाए ।

पुरुष ३६–५० वर्षको एकल पुम्सेमा मुलपानीका मधुसुदन सापकोटा (६.२९ अंक) ले स्वर्ण तथा मुलपानीकै प्रेमकुमार दर्नाल (५.९३ अंक) ले रजत चुमे । प्रहरीका लक्ष्मणबहादुर ऐर तथा शिवपुरीधामका आशिष चन्दले कांस्य हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?