+
+

महोत्तरीमा रुखबाट लडेर एक जनाको मृत्यु

रासस रासस
२०७८ भदौ २० गते १०:१२

२० भदौ, जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका-३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिए ।

उनले आफ्नै बारीको रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?