+
+

वीरगञ्जमा बालबालिकालाई मानसिक स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई तालिम

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १४:५७

२० भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले बालबालिका तथा किशोर–किशोरीलाई मानसिक स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको छ । महानगर अन्र्तगत रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धी पाँचदिने ‘सेवा प्रदायक’ तालिम दिइएको हो ।

भदौ ७ गतेदेखि ११ गतेसम्म, भदौ १३ गतेदेखि १७ गतेसम्म गरी दुई पटक दिइएको तालिममा ४० जना स्वास्थ्यकर्मी सहभागी भएका छन् ।

महानगरपालिका अन्र्तगत एउटा प्राथमिक स्वास्थ्य केन्द्र, १६ वटा स्वास्थ्य चौकी, एउटा शहरी स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र ४ वटा, आधारभूत स्वास्थ्य केन्द्र ८ वटा र सामुदायिक स्वास्थ्य इकाई एउटा गरी ३० वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिइने महानगरले जनाएको छ ।

तालिममा सहभागीले स्वास्थ्य संस्था तथा समुदायमा मानसिक स्वास्थ्य समस्या भएका बालबालिका तथा किशोर–किशोरी पहिचान गर्ने, आफ्नो तर्फबाट सक्ने खालका समस्या समाधान गर्ने र जटिल समस्या देखिएको अवस्थामा मानसिक रोग विशेषज्ञ चिकित्सकलाई रिफर गरी उपचारमा सहयोग गर्ने स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?