+
+

एमाले सुनसरीमा १० बुँदे कार्यान्वयनमा विवाद, मोरङमा पुरानै नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १७:४७

२० भदौ, विराटनगर । नेकपा एमाले सुनसरीमा १० बुँदे कार्यान्वयनमा विवाद देखिएको छ । संस्थापन पक्षले नमानेपछि १० बुँदे कार्यान्वयनमा विवाद देखिएको हो । मोरङमा भने सहज रुपमा १० बुँदे कार्यान्यन भएको छ ।

मोरङमा २०७५ जेठ २ अघिको कमिटी ब्युँतिएको छ । पुरानै अवस्थामा कमिटी फर्किएपछि विनोद ढकाल जिल्ला अध्यक्ष चुनिएका छन् । एमाले र माओवादी केन्द्रबीच एकता हुँदा उनी केन्द्रीय सदस्य बनेका थिए । सर्वोच्च अदालतको गत फागुन २३ को फैसलापछि उनले एमाले प्रदेश १ को सचिवको जिम्मेवारी पाएका थिए । जिल्ला अध्यक्ष रहेका ऋषिकेश पोखरेल सचिवमा कायम भएका छन् ।

सुनसरीमा विवाद

मोरङमा १० बुँदे सहमति सहज रुपमा कार्यान्यन हुँदा मुख्यमन्त्री भीम आचार्यको गृहजिल्ला सुनसरीमा भने विवाद देखिएको छ । सुनसरी अध्यक्ष रमेश बस्नेत एमालेभित्र पूर्व माधवकुमार नेपाल पक्षमा रहेका कारण विवाद भएको बताइन्छ । एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले जेठ २ अघिको संरचनामा जान असहमति जनाएपछि विवाद बढेको हो ।

मोरङ अध्यक्ष ढकाल संस्थापन पक्षकै भएका कारण जेठ २ को संरचनामा जाँदा विवाद देखिएन । माधवकुमार निकट अध्यक्ष बस्नेत पार्टी विभाजन हुँदा मुख्यमन्त्री भीम आचार्यसँगै एमालेमै बसेका थिए । संस्थापन पक्षले गठबन्धनमा लागेर पार्टी हित विपरीत काम गरेको भन्दै स्वीकार गर्न नमानेको नेताहरु बताउँछन् ।

भण्डारीको अध्यक्षतामा बसेको सचिवालय बैठकले सुनसरीमा विशिष्टिकृत रुपमा १० बुँदे लागू गर्नुपर्ने निर्णय गरेको एमाले सुनसरी प्रचार विभाग प्रमुख रवि खनालले बताए । जेठ  २ को अवस्थाबाट मात्रै कमिटी सञ्चालन गर्ने विषय जिल्ला पार्टीको हितमा नहुने उनको भनाइ छ । भण्डारी अध्यक्ष रहेको कमिटीले मातहतका कमिटीलाई आफ्नो कार्य क्षेत्रको काममा निरन्तरता दिन निर्देशन जारी दिएको छ ।

रमेश बस्नेत आफू आधिकारिक अध्यक्ष भएको बताउँछन् । केन्द्रको निर्णयभन्दा बाहिर कोही जान नसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?