+
+

माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १९:०६

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप सात शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

गोरखाको पालुङटार नगरपालिका-६, काठमाडौंको कीर्तिपुर, नुवाकोटको लिखु गाउँपालिका-२ स्थित थानसिंह, चितवनको रत्ननगर नगरपालिका-५ स्थित जुवाली, चितवनकै रत्ननगर नगरपालिका-१६ स्थित खैरेटी, कपिलवस्तुको शिवराज नगरपालिका-३ स्थित खरेन्द्रपुर र सिराहाको सुखिपुर नगरपालिका-२ मा गरी कुल सात स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ सेवा प्रदान गर्ने उद्देश्यले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

देशका विभिन्न स्थानमा सात शाखारहित बैंकिङ सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा १७२ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?