+
+

बाबु-छोराले नै जिते प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते ११:२४

२१ भदौ, बुटवल । प्रथम लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तीन उपाधिमध्ये दुई उपाधि बाबु-छोराले हात पारेका छन् ।

रुपन्देहीको शंकरनगरमा दुई दिनसम्म चलेको प्रतियोगितामा भेट्रान्सतर्फ वीरेन्द्र विष्ट र अर्जुन कार्कीको जोडीले उपाधि जितेका छन् ।

यस्तै बी लेभलतर्फ वीरेन्द्र विष्टका छोरा किरण विष्ट र अरविन श्रीपालीको जोडीले उपाधि जितेका छन् ।

भेट्रान्सतर्फ सुरज गुरुङ र बसन्त थापाको जोडी दोस्रो, मधु पुलामी र दिलीप श्रेष्ठ तथा सुदीप कँडेल र प्रेम थापाको जोडी तेस्रो भएका छन् ।

यस्तै, बी लेभलतर्फ विवेक शर्मा र जेनिश शेरचन दोस्रो, महेन्द्र अधिकारी र युवराज पुन तथा सिर्जन थापा र ईश्वर क्षेत्रीको जोडी तेस्रो भए ।

भेट्रान्स र सी लेभलका विजेताले समान २० हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।

यस्तै, सी लेभलतर्फ सनाउल्ला राइनी र शम्भु चौधरीको जोडी प्रथम, कुमार ठकुरी र विष्णु पाण्डेको जोडी दोस्रो, अनिल चौधरी र जयश कश्यप तथा बालकृष्ण कुँवर र सन्तोष नेपालको जोडी तेस्रो भएका छन् ।

बी लेभलका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशका २०० बढी टिमको सहभागिता रहेको प्रतियोगितामा विष्णु पाण्डे र जेनिश शेरचन उत्कृष्ट खेलाडी घोषित भई पुरस्कृत भएका आयोजक बुटवल वाटर पार्क एण्ड रिसोर्ट प्रालिका सञ्चालक बसन्त कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?