+
+

‘घिन्ताङ’को छायांकन आउँदोे सातादेखि, भिडियोमा व्यस्त दीपक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते ११:३७

पुराना निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्र ‘घिन्ताङ’को छायांकन भदौ २६ गतेबाट सुरु हुने भएको छ । वैशाखबाट नै सुरु हुन लागेको चलचित्रको छायांकन निषेधाज्ञाका कारण रोकिएको थियो । तर, जिल्ला प्रशासन कार्यलयले चलचित्र छायांकनका लागि अनुमती दिएपछि दीपक टिम लिएर फ्लोरमा निस्कन लागेको हुन् । यो चलचित्रमा केकी अधिकारी र गौरव पहारी मुख्य भूमिकामा देखिदैछन् ।

चलचित्रकोे काम रोकिएपछि दीपक म्यूजिक भिडियो निर्देशनमा व्यस्त हुन थालेका छन् । उनले, निर्देशन गरेको ‘जोेड घटाउ’ बोेलको गीतको भिडियो सार्वजनिक भैसकेको छ ।

उनै, दीपकले नायक पुष्प खड्कालाई लिएर अर्को एक गीतको म्युजिक भिडियो पोखरामा खिचेका छन् । ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश एक गीतको भिडियोे २ दिन लगाएर पोखरामा खिचिएको दीपकले बताए । दीपक अब भने चलचित्रको छायांकनमा जाने तयारी गरेको बताउँछन् ।

कुनै समय नेपाली चलचित्र क्षेत्रमा सुपरहिट चलचित्र दिएका दीपक चलचित्रमा कमब्याकको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?