+
+

नख्खु कारागारमा भएको झगडाबारे छानविन गर्न समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १५:१६

२१ भदौ, काठमाडौं । ललितपुरको नख्खु कारागारमा आइतबार भएको कुटाकुटको विषयमा अनुसन्धान गर्न छानविन समिति गठन भएको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक रामचन्द्र तिवारीको अध्यक्षतामा छानविन समिति बनेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत दीपक न्यौपाने, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीको राजदल गणका अधिकृत सदस्य छन् ।

समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । नाइकेले कारागारभित्रको क्यान्टिनमा खानाको मूल्य बढाएको निहुँबाट सुरु भएको विवाद उग्र बन्दा कुटाकुट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?