+
+

भरुवा बन्दूक बनाएर बेचेको आरोपमा मोरङबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १९:३६

२१ भदौ, काठमाडौं । भरुवा बन्दूक बनाएर बिक्री गरेको आरोपमा मोरङबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेलबारी नगरपालिका–१ का ५२ वर्षीय आशबहादुर लिम्बुलाई अवैध हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्रीसहित आइतबार साँझ घरबाटै प्रहरीले पक्राउ गरेको हो ।

लिम्बुले घरमा अवैध हातहतियार बनाउने, बिक्री गर्ने र वन्यजन्तुको शिकार गर्ने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीको भनाइ छ ।

उनको घरबाट एक थान लोड गरिराखेको भरुवा बन्दुक, बन्दुक बनाउन प्रयोग हुने २ थान नाल, काठको ४ थान बट, विष्फोटक पदार्थ १ केजी, ५ थान हरिणको सिङ, फलामको ३ थान काजोलगायतका सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लिम्बुमाथि हातहतियार खरखजाना तथा विष्फोटक पदार्थ कसूरमा मोरङ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?