+
+

लागु औषधसहित नागढुंगाबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १३:२८

२२ भदौ, काठमाडौं । प्रहरीले नागढुंगाबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले चन्द्रागिरी नगरपालिका-२ मा चेकजाँच गर्दा लागुऔषधसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका-६ का १९ वर्षीय शुरेश खङ्ग रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट निट्राभेट-१० लेखिएको ५८५ ट्‍याबलेट बरामद गरेको छ ।

राजबिराजबाट काठमाडौतर्फ आउदै गरेको ना.५ख ५३१५ नम्बरको बसलाई नागढुंगामा चेकजाचँ गर्दा लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?