+
+

नगर सभापति वडामै पराजित  

रासस रासस
२०७८ भदौ २२ गते १४:१८

२२ भदौ, बैतडी । नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४ मतले पराजित भएपछि क्षेत्रीय प्रतिनिधिमा छनोट हुन सकेनन् ।

विजयी भएका थापाले ५७ मत र पराजित चन्दले ५३ मत प्राप्त गरेको मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिए । नगर सभापति चन्द जिल्ला समन्वय समितिका सदस्य समेत हुन् । कूल १६ क्षेत्रीय प्रतिनिधि छनोट गर्नुपर्नेमा २४ आकांक्षी देखिएका थिए । तीमध्ये महिला खुल्ला ३, महिला समावेशी २, अपाङ्ग १ र दलित १ मा सहमति भएको थियो ।

यसबाहेका अन्य नौ खुल्ला प्रतिनिधिको लागि निर्वाचन भएको मतदान अधिकृत चन्दले बताए । दशरथचन्द –८ मा १२३ मतदाता रहेकामा १०१ निर्वाचनमा सहभागी भएको निर्वाचन समितिले जनाएको छ । यसैबीच उक्त वडामा चामुसिंह थापा वडा सभापतिसहित २८ जनाको वडाकार्य समिति भने निर्विरोध चयन भएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?