+
+

एमसीसी हुबहु पारित गर्नुहुँदैन : विवेकशील साझा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १७:५५

२२ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता हुबहु पारित नगर्न आग्रह गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै विवेकशील साझाले एमसीसी सम्झौताका केही शर्त अत्यन्त आपत्तिजनक एवम् नेपालको राष्ट्रिय स्वाभिमान र हित प्रतिकुल रहेको बताएको छ र ती शर्त संशोधनबिना पारित गर्न नहुने उल्लेख गरेको छ ।

एमसीसी सम्झौताबारे नागरिकस्तरमा धेरै नै संशय रहेको र गम्भीर प्रश्न उठेको भन्दै विवेकशील साझाले त्यसलाई निरुपण नगरी अघि बढ्नु घातक हुने बताएको छ ।

‘कि त श्रीलङ्काजस्तै नेपालमा पनि यो सम्झौता अध्ययन गरी सरकारलाई सुझाव दिन स्वतन्त्र विज्ञहरूको कार्यदल गठन गर्नु उपयुक्त हुन्छ, कि सम्झौता खारेज गर्नुनै उपयुक्त हुन्छ भन्ने विवेकशील साझा पार्टीको धारणा रहेको छ’ प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्झौतामा सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने एवं राष्ट्रिय हित र स्वाधीनता कमजोर बनाउने शर्त रहेको भन्दै विवेकशील साझा पार्टीले त्यस्ता शर्त स्वीकार्य नहुने बताए ।

‘एमसीसी इण्डो प्यासिफिक स्ट्रटेजी (आईपीएस) को अङ्ग हो भनी अमेरिकी उच्च अधिकारीले नै अभिव्यक्ति दिएको परिप्रेक्ष्यमा अघिल्ला र वर्तमान सरकारले यसबारे सत्य तथ्य समयमै बाहिर ल्याउनुको सट्टा यसलाई अन्य विकास आयोजनाको जस्तै सामान्य अनुदान जसरी नै प्रस्तुत गर्नु आपत्तिजनक छ’ विज्ञप्तिमा भनिएको छ ।

विवेकशील साझा पार्टीले सत्तामा रहँदा एमसीसी सम्झौता पारित गर्न लागि पर्ने र प्रतिपक्षमा हुँदा विरोध गर्ने दलहरूको व्यवहारले पनि संशय थपेको उल्लेख गरेको छ ।

यस्तै गृह मन्त्रालयले एमसीसी परियोजनालाई लक्षित गरी हालै जारी गरेको विज्ञप्तिप्रति विवेकशील साझाले आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?