+
+

विद्युत् प्राधिकरणको पोल अनधिकृत प्रयोग गरेको अभियोगमा ५ ठेकदार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १८:१७

२२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पोल अनधिकृत प्रयोग गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् ।

भक्तपुर र काठमाडौंबाट पाँच ठेकदार र तीन व्यवसायीसहित ८ जना पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेको प्रहरी स्रोतले बतायो ।

ब्युरोका प्रमुख धिरजप्रताप सिंहले अनुसन्धान जारी रहेको भन्दै पक्राउ परेका व्यक्तिहरुको विवरण केही समयपछि सार्वजनिक गरिने बताए ।

प्रकरणमा विद्युत् प्राधिकरणका कर्मचारीको पनि संलग्नता रहेकाेआशंका गरिएको छ । तर हालसम्म पुष्टि भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?