+
+

साझेदार दलले नाम पठाएपछि सरकारले पूर्णता पाउँछ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १८:३५

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलहरुले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका हुन् ।

‘एमाले (हालको एकीकृत समाजवादी), माओवादी मिलेर सरकार बनेको सबैलाई थाहा छ । उनीहरुसँग सल्लाह गर्नुपर्छ । उनीहरुले नाम पठाएपछि सरकारले पूर्णता पाउँछु देउवाले बैठकमा भने ।

गत असार ३२ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाको मन्त्रिपरिषद हालसम्म ६ सदस्यीय मात्र छ । सरकार गठनको दुई महिना हुन लाग्दा पनि मन्त्रिपरिषद विस्ता हुन नसकेको भनी देउवाको आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?