+
+

गाँजा खुला गर्नुपर्छ भन्दै अभियान चलाउने काफ्लेसहित ३ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १८:४१

२२ भदौ, काठमाडौं । गाँजालाई खुला गर्नुपर्छ भन्दै अभियान चलाउने राजीव काफ्ले पक्राउ परेका छन् ।

बूढानीलकण्ठको हिपीहिल रेष्टुरेन्टका सञ्चालक समेत रहेका काफ्लेलाई लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले पक्राउ गरेको हो ।

उनको रेष्टुरेन्टमा गाँजा कारोबार हुने गरेको सूचनाका आधारमा पक्राउ गरिएको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो । उनीसहित रेष्टुरेन्टका दुई कर्मचारी पनि पक्राउ परेका छन् ।

पक्राउ परेका तीन जनामाथि लागूऔषध सम्बन्धी ऐन अनुसार म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?