+
+

अब फ्रेन्चाईज भलिबल आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १९:०४

२२ भदौ, काठमाडौं । क्रिकेट र फुटबलपछि अब भलिबलको पनि फ्रेन्चाईज लिग आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघ र चौधरी ग्रुप अन्तर्गत रहेको नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम)को सहकार्यमा लिग हुने भएको हो ।

उक्त लिग आयोजनाका लागि मंगलबार नेपाल भलिबल संघ र नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) बीच सम्झौता भएको छ ।

नेपाल स्पोर्टस् एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) अध्‍यक्ष श्रयता कार्की चौधरी र नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले सम्झौतामा हस्ताक्षर गरे ।

फ्रेन्चाईज लिग भलिबल आयोजनाका लागि भलिबल संघ र नेपाल स्पोर्टस् एण्ड ईभेन्ट म्यानेजमेन्टबीच १० वर्षको लागि सम्झौता भएको संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिए ।

एनएसएल भलिबलको पहिलो संस्करण यही २०२१ नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म आयोजना गर्ने लक्ष्य राखेको छ । महिला पुरुष दुवैको लिग आयोजना हुनेछ । दुवै तर्फ ७-७ टोलीको सहभागिता गराउने योजना रहेको छ ।

यस खेलका लागि भलिबल संघले प्राविधिक सहयोग गर्ने र एनईसईएमले सबै खर्चको व्यवस्थापन गर्ने विज्ञप्तीमा जनाएको छ । यस्तै एनएसईएमले भलिबल खेलको थप विकासका लागि एनभीए महिला र पुरुष क्फब च्याम्पियनसिपको लागि पनि सहयोग गर्ने भएको छ ।

नेपाल स्पोर्टस् एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) अध्‍यक्ष चौधरीले यश लिगले खेलाडीको व्यवसायिकतामा सहयोग गर्ने बताइन् ।

‘एनएसएल भलिबलले भलिबल खेल र खेलाडीलाई थप व्यवसायिक बनाउँदै लैजाने विश्वास छ ।’ चौधरीले भनिन् । उनले एनएसएल फुटबलको सफल आयोजनापछि एनएसएल भलिबल आयोजना गर्न लागेको बताए ।

साथै उनले राष्ट्रिय खेफ भलिबललाई उच्च स्थानमा पुर्‍याउन सबैले सहयोग बाँड्नुपर्ने बताए ।

नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले नेपालको भलिबल ईतिहासमा एनएसएलले समग्र भलिबलको व्यवसायिकरण हुनुका साथै नयाँ खेलाडीहरुलाई पनि चलिबलमा लाग्ने प्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?