+
+

८ हजार घुससहित सिडिओ कार्यालय धनुषाका नासु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १९:५२

२२ भदौ, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा उमेश चौधरी ८ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नायब सुब्बा चौधरीलाई मंगलबार साँझ घुस रकमसहित पक्राउ गरेको हो ।

जनकपुरधामको क्याम्पस चोकस्थित एक होटलमा बसेर सेवाग्राहीसँग घुस लिंदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

नागरिकताको प्रतिलिपिमा उमेर सच्याइदिने नाममा घूस लिंदै गरेको अवस्थामा पक्राउ परेका चौधरीविरुद्ध थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?