+
+

मकवानपुरका ३९ जनप्रतिनिधि समाजवादीमा, प्रदेशका १३ सांसद

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते २०:३२

२२ भदौ, हेटौंडा । मकवानपुरमा नेकपा एमालेका ३९ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

मंगलबारसम्म हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तान र इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा, विभिन्न स्थानीय तहका वडाध्यक्ष, वडासदस्य गरी ३९ जनप्रतिनिधि एमाले छाडेर एकीकृत समाजवादीमा गएका हुन् ।

मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट, वडा नम्बर ८ का अध्यक्ष साधुराम अधिकारी, हेटौंडा उपमहानगरपालिका–१३ का वडा अध्यक्ष मनोजकुमार वाइवा, इन्द्रसरोबर गाउँपालिका–५ का अध्यक्ष धनराज महर्जन, थाहा नगरपालिका–११ का अध्यक्ष किरणमान बल, थाहा नगरपालिका– ५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङ र कैलाश गाउँपालिका– ८ का अध्यक्ष सुर्जबहादुर थिङले पनि नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

१३ प्रदेश सभा सदस्य

बागमती प्रदेशसभाबाट एमाले छोडी एकीकृत समाजवादीमा सनाखत गर्ने प्रदेशसभाका सांसद १३ जना रहेका छन् । राजेन्द्र पाण्डे, कृष्णप्रसाद शर्मा खनाल, मुनु सिग्देल, माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, बसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मीना नेपाल ज्ञवाली, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईँ र पार्वती सिलवालले एकीकृत समाजवादी रोजेका छन् ।

बागमती प्रदेशमा एमाले एक्लैको ५६ सांसद १३ जना एकीकृत समाजवादीमा गएपछि अब एमालेमा ४३ जना सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?