+
+

गुल्मीमा एकीकृत समाजवादी रोज्ने एमालेका जनप्रतिनिधि शून्य

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १२:५८

२३ भदौ, गुल्मी । गुल्मीमा नेकपा एमालेका कुनै पनि जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छैनन् । एमाले विभाजनपछि नयाँ दल रोज्न तोकिएको समयमा कसैले पनि नयाँ दल नरोजेका हुन् ।

जनप्रतिनिधिले दल रोज्न जिल्ला निर्वाचन कार्यालय गएर सनाखत गर्ने व्यवस्था थियो । तर जिल्ला निर्वाचन कार्यालय गुल्मीमा कसैले पनि सनाखत गर्न नआएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

एमाले विभाजनपछि माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा १२ वटा स्थानीय तह रहेका छन् । जसअनुसार ७ वटा स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष र ३ वटा स्थानीय तहमा उपाध्यक्षमा एमालेबाट निर्वाचित जनप्रतिनिधि रहेका छन् । कुल ९३ वटा वडा रहेको जिल्लामा वडाअध्यक्ष र सदस्य गरी ३ सयभन्दा बढी एमालेका जनप्रतिनिधि छन् ।

एमाले विभाजन नहुँदा गोकर्ण विष्ट माधव नेपाल पक्षमा र प्रदीप ज्ञवाली केपी ओली पक्षमा हुँदा दुवैपट्टि बराबरीको हाराहारीमा थिए । पार्टी विभाजनपछि विष्ट एमालेमै रहेका कारण गुल्मीमा विभाजनको असर देखिएको बताइएको छ ।

एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीको जन्म पनि गुल्मीमै भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?