+
+

कोरोना संक्रमणबाट सिरहामा एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १९:०८

२३ भदौ, जनकपुरधाम । सिरहामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भगवानपुर गाउँपालिका–४ की ४१ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिरामी भएपछि उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ १६ गते कोरोना परीक्षण गर्न गएकी उनको रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले बताए ।

योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?