+
+

म नेपालकोे अमिताभ भैसकेँ, १ लाख पारिश्रमिक चाहिन्छ भन्छुः लक्ष्मी गिरी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १०:५६

कलाकार लक्ष्मी गिरी हक्की स्वभावकी छिन् । चलचित्रको पर्दामा होस् या पर्दा बाहिर नै किन नहोस्, उनले आफूलाई खरो रुपमा प्रस्तुत गरेकी छिन् । नेपाली चलचित्र क्षेत्रकी यी सफल कलाकार महिला र पुरुषविच पारिश्रमिकको बिषयमा हुने विभेदमा भने असन्तुष्ट छिन् ।

उनले भनिन्–‘अहिले पनि दिदीलाई ६० हजार भन्दै अफर गर्छन् । तर, म मान्दिनँ । म त नेपालको अमिताभ बच्चन भैसकेँ, १ लाख पारिश्रमिक दिनुहोस् भन्छु ।’

लक्ष्मीले महिला कलाकारहरुले असाध्यै खटेर काम गर्दा पनि पारिश्रमिकमा विभेद भएको बताइन् । उनले भनिन्–‘यो पहिलेदेखि नै चलिआएको हो । राजेश हमालले भन्दा करिश्मा मानन्धरले धेरै काम गर्थिन् । तर, हमाललाई ४ लाख दिएर करिश्मालाई २ लाख पारिश्रमिक दिइन्थ्यो ।’

आफूहरुले सो समयमा पैसाकोे लागि भन्दा पनि नामको लागि काम गरेकोे लक्ष्मी बताउँछिन् । भन्छिन्–‘हामी महिलाहरु निक्कै नै भावुक हुन्छौं । निर्माता बाँचे भने हामी पनि बाच्ने हो भन्ने सोच हामीमा हुन्छ । यसैले, पनि हामीले पारिश्रमिकमा जहिले सम्झौता गर्यौं ।’

तर, आफूले अहिले पारिश्रमिकमा संझौता गर्न छाडेको उनको भनाई छ । आफू नेपालको अमिताभ बच्चनको स्थानमा पुगिसकेको भन्दै उनले ६० हजार पारिश्रमिक अफर गर्नेलाई ठाडै अस्विकार गर्ने गरेको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?