+
+

‘मुन्द्रेको कमेडी क्लब’कोे अध्यक्षको सिटमा दीपालाई नै हेर्न चाहन्छुः करिश्मा

नेपाली फिल्म क्षेत्र हाक्ने व्यक्ति त्यो सिटमा हुँदा खुशी छुः दीपा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते ८:११

नेपाल टेलिभिजनबाट प्रशारण हुने कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट जतिबेला दीपाश्री निरौला बाहिरिइन्, ठूलै विवाद भयो । दीपा शोेबाट बाहिरिएपछि जितु नेपाल र ‘छक्का पन्जा’ टिमको विवाद सतहमा पनि आयो ।

दीपा बाहिरिएपछि जितुले शोेकोे अध्यक्षको सिटमा नायिका करिश्मा मानन्धरलाई अफर गरे । करिश्माले पनि जितुको अफरलाई सहर्ष स्विकार गरिन् । यसपछि, करिश्माले दीपालाई रिप्लेस गरेको भन्ने खालका तर्कहरु समेत सुनिए । तर, नायिका करिश्मा मानन्धरले भने आफूले दीपालाई रिप्लेस नगरेको बताएकी छिन् । उनले भनिन्–‘मैले दीपालाई रिप्लेस गरेको भन्दा पनि जितुलाई सहयोग गरेको हुँ । सुरुवातमा त म यो शो गर्ने मुडमा नै थिइनँ । अध्यक्षको सिटमा म फिट हुन्नँ भन्ने नै लागेको थियो । तर, मलाई बिनोदजीले जितुलाई सहयोेग गर्नुपर्छ भनेपछि म तयार भएँ ।’

करिश्माले अहिले पनि आफू अध्यक्षको सिटमा फिट नरहेकोे स्विकार गरिन् । भनिन्–‘म त्यो सिटमा दीपालाई नै हेर्न चाहन्छु । दीपा र जितु एकसाथ भएको नै राम्रो हुन्छ ।’

दीपाश्रीसँगै एकसाथ मिडियामा प्रस्तुत भएकी करिश्माले शोमा २ अध्यक्ष राख्न मिल्दैन भनेर आफूले जितु नेपालसँग कुरा गरेको पनि बताइन् । उनले, आफ्नो कारणले दीपाको चित्त दुखेको भए माफी दिन समेत आग्रह गरेकी छिन् ।

निर्देशक दीपाश्री निरौलाले भने नेपाली चलचित्र क्षेत्र हाँक्ने व्यक्ति त्यो सिटमा हुँदा आफू निक्कै खुशी भएको बताइन् । करिश्मा अध्यक्षको सिटमा आउँदा आफ्नोे चित्त नदुखेको भन्दै झनै खुशी भएको तर्क गरिन् । दीपाले भनिन्–‘सुरुवातको दिनमा करिश्मा दिदी खुलेर हाँस्नु भएको थिएन । किनकी, उहाँलाई यस्तो शोको बानी पनि परेको थिएन । तर, अहिले उहाँ खुलेर हाँस्न थाल्नु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?