+
+

एमसीसीको विरोध गर्ने क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १७:२४
फाइल तस्वीर

२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका छन् ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको नेपाल आगमनको विरोधमा कोटेश्वरमा निकालेको जुलुसबाट ३५ जना भन्दा धेरै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा प्रदेश नं ३ का सचिव सुरेश श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष ईश्वर तिमल्सिना, महासचिव वसन्त बोगटी, क्रान्तिकारी युवा लिगका अध्यक्ष आकाश महर्जनलगायत रहेका छन् । पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले विज्ञप्ति जारी उक्त घटनाको विरोध गरेका छन् । ‘हाम्रो पार्टी एमसीसी जस्तो घोर राष्ट्रघाती सम्झौताको खारेजी र एमसीसीलाई लागु गराउन नेपाल आउने अमेरिकी साम्राज्यवादका भरौटेको विरोधमा आयोजित जुलुसमाथि गरिएको दमन र गिरफ्तारीको घोर निन्दा तथा तीव्र भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?