+
+
विश्व विद्युतीय गाडी दिवस :

निसानद्वारा ग्रीन मिसन भर्चुअल सेसनको आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १८:२८

काठमाडौं । विश्व विद्युतीय गाडी दिवसको अवसरमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको सहज उपलब्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल सेसनको आयोजना गरेको छ ।

नेपाल र भुटानमा पर्याप्त जलविद्युतको उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको सम्भावना रहेको र यस क्षेत्रको अधिकतम जनताका लागि उपयुक्त सवारी साधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने र दिगो हुने विश्वास निसानले लिएको छ ।

नेपाल सरकारको अग्रगामी चिन्तनको नीति अनुरुप कार्बन उत्सर्जन कम गर्ने र विद्युतीय सवारी साधनलाई अधिकतम उपयोग गर्ने रहेको निसानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधिारित लिफ ईभी निसान कार प्रारम्भिक चरणमा विशेष छुट मूल्य अर्थात ५९ लाख ९९ हजार रुपैयाँ उपलब्ध गराएको कम्पनीले बताएको छ ।

निसान इण्डिया अप्रेसनका अध्यक्ष सिनान ओजकोकले कमै मात्रामा वातावरणीय असर गर्ने सवारी साधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उठाउने उदेश्य कम्पनीको रहेको बताए ।

निसानको साउथ एसिया बिजनेस युनिटका निर्यात प्रमुख रधुनाथ नायरले समुदायमा गतीशीलता प्रदान गर्न निसान लिफ इभी अति उपयोगी रहेको भन्दै दक्षिण एसियाको बजारमा विशेष रुपमा यसको बजार प्रवर्द्धन गर्ने काम भइरहेको बताए ।

पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक सन्दिप कुमार शारदाले निसान लिफ सवारी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो रहेको बताए ।  आफ्नै घरमा रहेको डेडिकेटेट वालमा चार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज गर्न सकिने र छिटो चार्ज गर्न आवश्यक पर्दा चार्जिङ्ग स्टेसनमा ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?