+
+

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्न खोजेको आरोपमा ५४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १९:५३

२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको विरोधमा प्रदर्शन गर्न खोजेको आरोपमा ५४ जना पक्राउ परेका छन् ।

अधिवक्ता स्वागत नेपाल, नीर्घ जैसीलगायतका व्यक्तिहरु पक्राउ परेका हुन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतका अनुसार अनुसार उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालस्थित अमेरिकी राजदूतावास बाहिर र कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।

उपाध्यक्ष सुमारको नेपाल भ्रमणका बेला प्रदर्शन, कालो झण्डा देखाउने जस्ता गतिविधि हुनसक्ने भन्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको थियो । त्यसक्रममा एमसीसी विरोधी अभियान चलाउनेहरुलाई सुमार काठमाडौं आइपुग्नु अगावै पनि पक्राउ गरिएको थियो ।

सुमार फर्किएपछि पक्राउ परेकाहरुलाई पनि छाडिने प्रहरी स्रोतले बतायो । बिहीबार बिहान ९ः२० बजे काठमाडौं आइपुगेकी सुमारले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपाललाई भेटिसकेकी छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, उर्जामन्त्री पम्फा भुसालसहित सत्तारुढ गठबन्धनका नेताहरुलाई भेट्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?