+
+

भदौ १८ मा रिलिज हुन नसकेको ‘ए मेरो हजुर ४’ चैत्र २५ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते ११:२८

गतबर्ष नै चलचित्रको प्रदर्शन मिति तोकेर ढुक्कले बसेका धेरै निर्माताहरुलाई वैशाखमा दोश्रो चरणको कोरोनाको त्रास सुरु भएपछि तनाव भयो । अधिकांश निर्माताहरु चलचित्रको काम सकेर रिलिज गर्ने सोचका साथ अगाडि बढेका थिए ।

निर्माता सुनिलकुमार थापाले पनि चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति भदौ १८ गतेलाई तोकेका थिए । तीज लक्षित चलचित्रको प्रदर्शन मितिले चलचित्र क्षेत्रलाई चलायमान बनाउने अपेक्षा पनि गरिएको थियो । तर, दोश्रो चरणको कोरोना महामारी र सरकारले जारी गरेको निषेधाज्ञाले चलचित्रको प्रदर्शन अस्तव्यस्त बनाइदियो ।

तर, ४ महिनापछि जिल्ला प्रशासन कार्यलय, काठमाडौंले उपत्यकाका हलहरु ५० प्रतिशत अकुपेन्सीमा खुल्न दिने निर्णय गरेसँगै निर्माताहरु प्रदर्शन मिति तोक्न अघि सरेका छन् ।

निर्माता सुनिल कुमार थापाले पनि चलचित्र ‘ए मेरो हजुर ४’लाई चैत्र २५ गते रिलिज गर्ने घोषणा गरेका छन् । निर्माता थापा र निर्देशक झरना थापाले सामाजिक संजालबाट यो चलचित्रको प्रदर्शन मिति तय गरेका हुन् ।

नयाँ बर्षलाई लक्षित गर्दै निर्माणपक्षले चैत्र २५ गते चलचित्र रिलिज गर्ने तयारी गरेको छ । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका रहेको यो चलचित्रको पोष्ट प्रोडक्शनको काम धमाधम चलिरहेको छ । नयाँ बर्षमा अन्य केही चलचित्रको पनि प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माता थिए । तर, सुनिल र झरना एक कदम अगाडि सर्दै यो लोभलाग्दो मिति बुक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?