+
+

आलमको मुद्दा पेशीमा चढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते ११:००
फाइल तस्वीर

२५ भदौ, काठमाडौं । रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका पूर्वमन्त्री अफताब आलमको मुद्दा पेशीमा चढेको छ ।

थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा परेको हो ।

बम विस्फोटसम्बन्धी मुद्दा जिल्ला अदालत रौतहटमा छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी हाल नख्खु कारागारमा छन् ।

उनले गत वर्ष नै साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?