+
+

फर्स्ट इन क्लास राइडिङ मोडसहितको ‘टीभीएस अपाचे आरटीआर २०० फोरभी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १२:२२

फर्स्ट इन क्लास राइडिङ मोड सहितको टीभीएस अपाचे आरटीआर २०० फोरभी नेपालमा सार्वजनिक भएको छ । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ‘टीभीएस अपाचे आरटीआर २०० फोरभी’ फर्स्ट इन क्लास राइडिङ मोड, आरटी एफआई, बीएस भीआई र एबीएस सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो ।

टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलीपले टीभीएस अपाचे फर्स्ट इन सेग्मेन्ट फिचर्स र प्रविधियुक्त रहेको नयाँ आरटीआर २०० फोरभी मोटरसाइकल नेपालमा ल्याउन पाउँदा उत्साहित भएको बताए ।

जगदम्बा मोटर्स तथा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले ग्राहकहरुले सधैं नै टीभीएस अपाचे सिरिजको रेस एडिसनलाई सधैँ नै रुचाएको दावी गरे । उनले नयाँ एडिसनको रेस मेसिनले ग्राहकमा थप उत्साह ल्याउनेमा आशावादी रहेको पनि बताए ।

के हो फर्स्ट इन​ क्लास राइड मोड ?
ठाउँ, सडक र मौसम अनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स हो ‘फर्स्ट इन​ क्लास राइड मोड’ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तिन ओटा मोडहरु रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ ।

यो मोटरसाइकल फर्स्ट इन सेगमेन्ट एड्जस्टेबल सस्पेन्सन सहित आएको छ । उच्चतम प्रस्तुति दिन सक्षम शोवा फ्रन्ट सस्पेन्सनको प्रि–लोडेड एडजस्टमेन्टले चालकलाई प्लस राइड र ट्रयाकराइड कुनमा कुदाउने भनेर रोज्ने अवसर दिनेछ ।

यो मोटरसाइकल ३–स्टेप एडजस्टमेन्ट सहित एडजस्टेबल ब्रेक तथा क्लच लिभर सहित उपलब्ध छ । जसलाई बिचको औंलाले कन्ट्रोल गर्न एकदमै सजिलो रहेको कम्पनीले जनाएको छ । त्यस्तै सिङ्गल चेनल ए.बी.एस सहित यसको ब्रेकिङ्ग प्रणालीमा व्यापक सुधार भएको हुनाले यो मोटरसाइकल अधिक सुरक्षित रहेको पनि कम्पनीले जनाएको छ ।

हाल यो मोटरसाइकल ग्लस ब्लाक, पर्ल ह्वाइट र नयाँ म्याट ब्लु गरेर ३ ओटा फरक रंगमा उपलब्ध हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?