+
+

हुन्डाईले ल्यायो ‘फेस्टिभ डिलाइट २०७८’

गाडी खरिदमा बम्पर उपहार र नगद छुट

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १२:२४

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ।

उक्त योजनाअन्तर्गत ग्राहकहरुलाई बम्पर उपहारका साथै खरिदमा नगद छुटको व्यवस्था गरिएको छ।

बम्पर उपहारअन्तर्गत एक ग्राहकले लक्की ड्रमार्फत हुन्डाई i20 गाडी पाउने छन्।

गाडी खरिदमा तीन लाख रुपैयाँ सम्मको आकर्षक नगद छुटको व्यवस्था छ।

स्क्रयाच कार्डमार्फत एक लाखसम्म थप नगद छुट पाउनेछन्।

साथै एक वर्षसम्मको विमा र सडक कर (चालु आर्थिक वर्षको) निःशुल्क हुनेछ।

हरेक हुण्डाई गाडीको खरिदमा छ वर्षसम्म निस्शुल्क सर्भिस र तीन वर्षको वारेन्टी सुविधा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?